काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले नेपालमा राजसंस्थाको भविष्यबारे नयाँ खुलासा गरेका छन्।
मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन्।
त्यस्तै बस्नेतले पार्टीको आगामी महाधिवेशनअघि मतदानबाट नेतृत्वको टुँगो नलाग्ने पनि दाबी गरे। उनले आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि केही दिनमात्रै चर्चा भएको र स्वयम प्रचण्डले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेर द्धिविधा प्रष्ट्याएको दाबी गरे।
उनले मन्त्रिमण्डल पनि छिट्टै पूनर्गठन हुने जानकारी दिए। उनकाअनुसार राम्रो काम गर्ने मन्त्रीहरुलाई यथावत राख्ने र नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने ओलीको तयारी छ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
