काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राती ह्याक भएको छ। पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ ले यसको जिम्मेवारी लिएको छ।अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित पोष्ट गरिएको छ।
ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल-बायो नै परिवर्तन गरेको छ। अमिताभको प्रोफाइल फोटोको साटो पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ। साथै लेखिएको छ, ‘नायक… केही मानिस अहिले पनि यस्तो गरिरहेका छन्। पाकिस्तानलाई प्रेम।’
अमिताभ बच्चन ट्वीटरमा विशेष सक्रिय छन् र उनका ३.७४ करोड फलोअर्स छन्। यद्यपि, पछि अमिताभको ट्वीटर अकाउन्ट रिकभर भएको छ र ह्याकरले गरेको सबै ट्वीट पनि हटाइएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
