काठमाडौँ । भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। प्रतियोगिताको फाईनल सम्म पुगेका प्रितम आचर्य र आयुश केसी क्रमसः तेस्रो र चौथो बिजेता बनेका छन्।
२०७३ को सुरशाला जुनियर आईडलमा बिजेता बनेका आयुश र फर्स्ट रनर अप बनेका प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए।
सानैबाट गीतसंगीतमा रुची राख्ने उनिहरु नै बिजेता बन्ने धेरैको अड्कल थियो। मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
