एसईई परीक्षाको नतिजा प्रकाशनबारे आयो यस्तो जानकारी

काठमाडौं । यो वर्ष एसईई परीक्षाको नतिजा ढिला सार्वजनिक हुने भएको छ। प्रदेश २ मा प्रश्नपत्र बाहिरिएका कारण पुनः परीक्षा सञ्चालन गर्नु परेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १-२ भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने देखिएको हो।

Advertisement

परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने जानकारी दिए। यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो। १० चैतदेखि परीक्षा सुरु भएको थियो ।

More News last news
Loading...