भारत । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या गरिएको छ। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का तीन जना समर्थक र अर्को एक क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका गरी चार जनाको हत्या गरिएको हो।
पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गरेका छन्।
विपक्षी समर्थकहरुसँग बेला-बेलामा भाजपाका कार्यकर्ताहरुको झडप भइरहने यस प्रदेशमा हालै भएको लोकसभा निर्वाचनमा भाजपाले १८ स्थान जितेको थियो। भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो।
भाजपाले देशभरी ३०३ स्थानमा जित हासिल गरेको छ। यसअघि सन् २०१४ को निर्वाचनमा भने २८२ स्थानमा विजयी भएको थियो। भाजपाको तर्फबाट अहिले पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएका छन्।
त्यसैगरी त्रिणमुल कङ्ग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ। सो पार्टीकी नेतृ ममता बनर्जीको प्रभाव धेरै रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
