जंगलमा बसेर यात्रु लुटपाट गर्ने ४ जना जना पक्राउ

काठमाडौँ । जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ।

स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

Advertisement

बुधवार साँझ स्वर्गद्धारी नगरपालिका खाल गाउँबाट लघुवित्त समुहको बचत रकम लिएर भिंग्री तर्फ जाँदै गरेकी सुर्योदय लघुबित्त संस्थाकी कर्मचारी सुशिला केसीलाई लुटेका थिए।

४ जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर केसीबाट ३ लाख १२ हजार ५ सय ६० रुपैया लुटेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

More News last news
Loading...