आज नेकपामा कार्यविभाजनको मध्यमार्गी बाटो खोजिदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता तथा जिल्ला इञ्चार्ज र सहइञ्चार्ज विषयमा भइरहेको सचिवालय छलफल आज बस्ने भएको छ।

पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा जिल्ला इन्जार्ज र सहइन्चार्ज बारे टुङ्गो लगाउन बुधबार नेकपा केन्द्रीय सचिवालयको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको बारेमा टुङ्गो लगाउन सकारात्मक रूपमा छलफल अगाडि बढे पनि प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण (आज) बिहीबारसम्मका लागि बैठक स्थगित भएको थियो।

Advertisement

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,, “बुधबारको बैठकमा जिल्ला कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो। त्यो विषयमा नीतिगत तथा सबै पक्षमा गम्भीरतापूर्वक विचारविमर्श भयो । सकारात्मक रूपले त्यसलाई अगाडि बढाउने दिशातर्फ बढेको छ। प्रधानमन्त्रीको विशेष कार्यक्रम रहेकाले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको विषय टुङ्ग्याउने विषयमा प्रवेश गर्दागर्दै समय अभावको कारण सम्भव भएन।’

आज विहान ९:०० बजे बस्ने बैठकबाट जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाई बाँकी रहेका समयमा साङ्गठनिक एकता तथा कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ।

नेकपाका अध्यक्षद्वयले केही दिनदेखि गरेको गृहकार्यको आधारमा मङ्गलबारदेखि सचिवालयको बैठक शुरु भएको हो। लामो प्रयासपछि वैशाख ९ गते ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुङ्गो लगाइएको थियो । त्यसपछि इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल शुरु भएको थियो।

More News last news
Loading...