मेष
आफ्नो समस्याको समाधान आफैले खोज्नु पर्नेछ अरुको भरमा नपर्नु होला। उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ। पारिवारिक सहयोग अल्प मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ। काममा ढिला सुस्ति नगर्नु होला।
वृष
आलस्यता बढ्नेछ। लेनदेन कारोवारमा चनाखो हुनुहोला। आफन्तबाट पराईको व्यवहार हुनसक्छ,चिनेर व्यवहार गर्नु होला। कामलाई हल्का रुपमा लिदा अवसर गुम्नेछ। प्रयत्नपूर्व गरेका काम सफल हुने छन्। व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ । आस्था र विश्वास घट्न सक्छ। पारिवारिक खर्च बढ्नेछ।
मिथुन
गतिरोध हट्नेछ । ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारले थोरै टाउको दुखाउनेछ । उत्सवादिमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या केहि कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
कर्कट
उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ। काम गरेर जश मिल्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवाद बढ्नेछ।
सिंह
औषधी चिकित्सा तथा कृष औजार एवं यान्त्रिक कामबाट फाइदा बढि हुनेछ। शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ। विवादको अन्त्य हुनेछ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ। बाह्य सम्बन्धमा सुधार आउनेछ। नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ।
कन्या
कार्य सम्पादनका हिसावले दिन महत्वपूर्ण रहनेछ । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।
तुला
मनलाई नियन्त्रणमा राख्नुहोला । रोकिएका काम शुचारु हुनेछन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । यात्राको सम्भावना देखिन्छ। साना साना काम सफल गर्न दखल बढि नै गर्नु पर्नेछ। घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ।
वृश्चिक
काम गर्ने वातावरण विग्रिएर जाने देखिन्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । अनावस्यक विषय बस्तुले मानसिक तनाव बढाउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।
धनु
काममा बनावटी कुराले प्रवेश पाउन सक्छ होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन्। आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ।
मकर
सफलता असफलता आफ्नै हातमा रहनेछ। विना संघर्ष कहि केहि हुने छैन। परिवारमा विवाद बढ्न सक्छ। अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ। आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला। काममा विरोधीको बक्रदृष्टि पर्नेछ। खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला। परिश्रमको फल मिल्नेछ।
कुम्भ
काम गर्दा दुविधामा परिनेछ । कृषि क्षेत्र एवं यान्त्रिक काममा लगानी नबढाउनु होला। पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ। नोकरी तथा राजनीतिबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ।
मिन
शारीरिक एवं मानसिक रुपमा कमजोर अनुभव हुनेछ। राज्य शक्तिको दुरुपयोग गरेर कसैले तपाईलाई दुःख दिन सक्छन् होशियार रहनुहोला। आफुले गरेका कामले अरुलाई बढि फाइदा पुग्न सक्छ। शुख शान्तिमा कमि आउनेछ। आर्थिक कारोवारमा चनाखो हुनुुहोला। घरयासी खर्चमा वृद्धि हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
