आज निकै राम्रो छ यी ८ राशिको भाग्य, हेर्नुहोस् मंगलबारको राशिफल

आज मिति २०७६ जेठ २१, मंगलबार, इस २०१९ जुन ४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। प्रतिपदा, १४ः५३ उप्रान्त द्वितीया।

मेष
आफ्ना समस्या आफैबाट समाधान गर्ने प्रयत्न गर्नुहोला। अरुको भरोसामा काम गर्ने स्थिति कमै देखिन्छ। लगनशिल भई गरेका काम सफल हुनेछन्। व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ। नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ। आफुलाई ज्ञान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला।

Advertisement

वृष
समयको महत्वलाई नभुलि अगाडि बढ्नु होला। समयमा गरेका अधिकाँश काम सफल हुनेछन्। जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ। पढाई लेखाईमा सामान्य प्रगति हुनेछ। मनोरञ्जनात्मक गति विधि बढि हुनेछन्। पेशा परिवर्तनको चाहान बढ्नेछ। साथी भाई इष्टमित्रबाट अल्प सहयोग मिल्नेछ।

मिथुन
समयले आज पनि साथ दिने देखिन्न। काममा बाधा व्यवधान आउने छन्। कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ। खर्च नियन्त्रणमा जोड दिनुहोला। व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन्। मिथ्या कुराले सताउनेछ।

कर्कट
सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । समयको उपयोग गर्नु होला, ढिलो गरेमा उपलब्धि त्यत हुने छैन। लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ राम्रैै हुनेछ। पढाई लेखाईमा कम ध्यान जानेछ। पारिवारिक सहयोग मिल्नेछ।

सिंह
आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

कन्या
समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

तुला
समयले कम साथ दिनेछ अरुको भर परेर काम गर्ने अवस्था रहने छैन । काम गर्ने वातावरण मिलाउन गाह्रो हुनेछ । चञ्चलता बढ्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ। पठन पाठनमा सामान्य सुधार आउनेछ । काम गर्दा इज्जतको ख्याल राखेर गर्नु होला।

वृश्चिक
दिन अनुकुल जस्तै देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन्। यात्राको सम्भावनालाई नकार्न सकिन्न। पारिवारिक सहयोगमा काम बन्ने छन्। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ। काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ। कमाएको धनलाई वचाउने प्रयास गर्नु होला।

धनु
असम्भव देखिएका कुरा सम्भव हुनेछन् । पुराना विवादको अन्त्य हुनेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋणमा काम गर्ने प्रयास नगर्नु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । विना सोच विचार गरेका कामबाट दुःख पाईनेछ ।

मकर
नजीकका व्यक्तिको सहयोग लिएर काम गर्दा ठीकै हुनेछ । काममा हेचक्र्याई भएमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिबाट उपलब्धि कम हात लाग्नेछ । खर्च बढ्नेछ ।

कुम्भ
काम गर्दा बुझेर गर्नु होला,विना बुझाईका कामबाट घाटा हुनेछ । भोग विलासिता तिर बढि मन जानेछ । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ। आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन। व्यापार व्यवसायमा गिरावट आउनेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ। श्रम बढि उपलब्धि कम हात लाग्नेछ।

मिन
समय आउछ पर्खिदैन ध्यान दिएर काम गर्नु होला। समयम फुत्किए पछि उपलब्धि फुत्किनेछ। साथी भाईबाट उचित सहयोग सल्लाहा पाईनेछ। कार्य लगनशिलता घट्ने छैन। व्यापार व्यवसायबाट आम्दानी राम्रै हात लाग्नेछ। पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ। खर्च व्यवस्थापनमा ध्यान दिनु होला।

More News last news
Loading...