अनुहार चम्काउन यसरी गर्नुहोस् टमाटरको फेसियल (विधिसहित)

काठमाडौं । टमाटर भान्सामा अनिवार्य जस्तै हुन्छ। हरेक तरकारीमा स्वाद थप्नको लागि टमाटर राख्ने गरिन्छ भने यसको चट्नी तथा अचार पनि स्वादिष्ट हुन्छ। टमाटरको सलाद स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ।

टमाटर छालाको लागि सौन्दर्यको लागि पनि उत्तिकै राम्रो मानिन्छ। अनुहारमा टमाटर फेसियल गर्नाले अनुहारमा चमक तथा गोरोपन आउँछ। महिनाको दुई पटक टमाटरको फेसियल गर्नु अनुहारको छालाको लागि राम्रो मानिन्छ।

Advertisement

सुरुमा टमाटरलाई दुध संग मिलाएर अनुहारमा क्लिंजिंग गर्नुपर्छ। त्यसपछि चिनी बेसनलाई मिलाउने र त्यसलाई टमाटरको सहायताले अनुहार स्क्रब गर्नुपर्छ। त्यसपछि टमाटरमा दही, बेसन, मह मिक्स गर्नुपर्छ र पेस्टको रुपमा अनुहारमा लगाउनुपर्छ।

More News last news
Loading...