काठमाडौं । जेठ ३ गतेबाट सिनेमाहलमा प्रदर्शन भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शनक भइरहेको छ ।

चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रविन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छन् । चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए।

तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत। चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ। सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका छन्।

शो मा वर्षाले सेतो कपडामा कालो–कालो टीका भएको गाउन लगाएकी थिइन्। उनले लगाएको गाउनको अगाडीको भाग अलि बढी खुलेको थियो। ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
