प्रहरी र सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ सम्पन्न

कैलाली । धनगढीस्थित शुभश्री प्यालेसमा शुक्रबारदेखि शुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ शनिबार सम्पन्न भएको छ।

महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता खगराज पौडेलको प्रमुख आतिथ्य र प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायको अध्यक्षतामा १७ बुदें घोषणा पत्र जारी गर्दै उक्त सम्मेलन सम्पन्न भएको हो।

Advertisement

समापनको अवसरमा नायव महान्यायाधिवक्ता खगराज पौडेलले अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता वकिलहरुका मात्रै नभई विज्ञ चिकित्सकहरु समेतको भौतिक प्रमाण संकलनमा महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस सम्मेलन मार्फत जारी भएका १७ बुदें घोषणा पत्रलाई कार्यान्वयन गर्न सबै पक्षबीच आपसी सदभाव एवम् समन्वय हुनुपर्ने बताउनुभयो।

यस्ता कार्यक्रम अनुसन्धान र अभियोजनमा अत्यन्त फलदायी हुने बताउँदै उहाँले यस्ता सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने बताउनुभयो।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले धन्यवाद सहित आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय नेपालगंजका सहन्यायाधिवक्ता दमनसिंह बिष्ट, वर्दिया जिल्ला अस्पतालका डा सुप्रिया पौडेल र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले सहभागीको तर्फबाट आ-आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो।

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराका साथ प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार काठमाडौंको सहकार्यमा शुरु भएको उक्त सम्मेलनमा ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्विम प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सहभागिता रहेको थियो।

More News last news
Loading...