यी कुरामा ध्यान दिए सबै पुरुष देखिन्छन् ‘ह्यान्डसम’

आफूलाई कसरी आकर्षक देखाउने भन्ने मामलामा महिला अगाडि हुन्छन्। प्राकृतिक रुपमा त्यति सुन्दर नभएपनि महिलाहरु सुन्दर देखिन धेरै प्रयत्न गर्छन्।

आकर्षक देखिन त पुरुषहरुलाई पनि मन पर्छ। तर उनीहरुलाई त्यसका लागि ढंग पुग्दैन । कतिपयले राम्रो लुगा लगाउने, कपालका नाँनाभाँती डिजाइन गर्ने र अनुहार पनि सक्दो राम्रो देखाउने गर्छन्। आकर्षक देखिनका लागि ठूला कुरामा ध्यान दिने पुरुषहरु सानातिना कुरामा भने सधैं चुक्छन्। जसले गर्दा उनीहरु आकर्षक देखिन सक्दैनन्।

Advertisement

खासमा पुरुषहरुले के त्यस्तो गल्ती गर्छन्, जसले गर्दा उनीहरु आकर्षक देखिँदैनन् ? यो आलेखमा आकर्षक देखिन चाहने पुरुषले गर्ने केही गल्तीबारे उल्लेख गरिएको छ।

विनाक्रिम सेभिङ

दाह्री जुँगासँग धेरै पुरुषको ‘दोस्ती’ हुँदैन। बरु आयो कि फालिहाल्नुपर्ने सत्रुवत् व्यवहार हुन्छ । त्यसैले धेरैको दिनदिनै दाह्री काट्ने बानी हुन्छ। दिनदिनै दाह्री काट्नेले सधैँ क्रिम लगाउन झन्जट मान्छन्। कहिलेकाहिँ यत्तिकै दाह्री काट्छन्। यसले छालाको बाहिरी पत्र प्रभावित हुन्छ। जसले गर्दा अनुहारको चमक घट्छ।

नाक र कानमा ध्यान नदिनु

चिटिक्क कपाल र उस्तै दाह्री बनाउँछन् । तर, अधिकांश पुरुषहरुको नाकमा गुफाबाट निस्किेको झारजस्तो रौं हुन्छ। कानमा पनि त्यस्तै हुन्छ। जसले गर्दा गर्दा आकर्षक देखिन गरिएको अन्य मेकअप फिक्का हुन्छ।

कपालको वेवास्ता

अधिकांश पुरुषको कपाल छोटो हुन्छ। नुहाउने समयमा ‘छोटो कपाल त हो’ भन्दै स्याम्पू खोज्ने झन्जटबाट उम्किन शरीरमा दल्ने साबुनले काम चलाउने गर्छन्। जसले गर्दा कपालको चमक घट्ने त छँदैछ, कपालमा चायाँ पर्ने समस्या समेत निम्त्याउँछ। नुहाएर जाँदा पनि चिटिक्क पारेर लगाएको लुगाको घाँटीको कलरमा चायाँ टल्किन्छ । जसले गर्दा अरुको नजरमा आकर्षण घटिरहेको हुन्छ।

फुलेको कपाल उखेल्ने

उमेरसँगै कपाल फुल्दै जान्छ। कतिपयको उमेर नपुगेरै फुल्न सक्छ। पुरुषहरुले फुलेको कपाल बुढ्यौलीको संज्ञा ठान्छन्। त्यसैले समय मिल्यो कि फुलेका कपाल पन्छाउन खोज्छन्। यही गल्तीले उनीहरुलाई दोहोरो हानी गर्छ। एउटा फुलेको कपाल वरिपरिका कपाल प्रभावित भएर भविष्यमा तालुखुइले नै हुने र अर्को तनावले झन् धेरै कपाल फुल्ने हुन्छ।

नङ नकाट्ने

पुरुष कम सौन्दर्यप्रेमी हुन्छन्, यो गलत हो, साना कुरामा पो रुची राख्दैनन् त । जस्तो नङ सजाउनु, ओठ चिल्लो राख्नु र आँखी भौँ सम्याउनु। तर, सबभन्दा ठूलो गल्ती यहीँनेर गरिरहेका हुन्छन् कि हात र खुट्टाको नङ आधा पहेँलो नहुन्जेल काट्दैनन्। यी पनि अरुका आँखा चाँडै पर्ने ठाउँ हुन् । त्यसैले ह्यान्डसम बन्ने सपनाको बाधक यो बानी पनि हुन सक्छ।

More News last news
Loading...