तपाईको नङमा अर्ध चन्द्राकार छ ? यस्तो हुन्छ यसको अर्थ

यदि हामी आफ्नै शारीरिक अंगका बारेमा ध्यान दियौँ भने, कहिले त आफै अचम्ममा पर्छौ। जस्तै हाम्रो छालामा हुने छिद्र, हातमा बनेको बांगो–टिंगो रेखा, जसले अंगलाई पूर्णता दिएको हुन्छ।

प्रत्येक व्यक्तिको नङ फरक–फरक हुन्छ। हात वा खुट्टा दुवै नङको आकार फरक हुन्छ, त्यस्तै एउटा चीज सबैमा हुन्छ, त्यो हो नङमा बनेको अर्ध चन्द्राकार। के तपाईले कहिल्यै नङमा बनेको सेतो अर्ध–चन्द्राकारको महत्वको बारेमा सोच्नुभएको छ ? यस आकारलाई अंग्रेजीमा ‘हाफ मुन’ भनिन्छ। खासमा यो अर्ध–चन्द्रकार निशान सेतो नहुने भन्ने गरिएको छ।

Advertisement

यो नङले गर्दा सेता रंगको देखिएको हो। यस निशान नङको मुनितिर हुन्छ, तर यो ढाकिएकाले नङको कारण सेतो देखिने हुन्छ। नङको मुनि यो निशान सबैमा हुन्छ, तर, यस्तो निशान सबैमा देखिन्छ भन्ने चाहीँ हुँदैन। कहिले काही एकदम फिक्का देखिन्छ।

यदि गल्तिले नङको यस भागमा चोट लागेमा पुरै नङको बलिदान दिनपर्ने हुन्छ र फेरि पलाउने संभावना रहँदैन। यस बाहेक नङमा देखिने ‘अर्ध–चन्द्राकार’ निशानको अर्को रोचक प्रसंग छ । यदि तपाईको बुढी औँलामा यो निशान देखियो भने अन्यमा कम देखिन्छ । त्यस्तै, यदि कुनै हातका औलाहरुमा पुरा निशान देखिएमा त्यो व्यक्ति स्वस्थ्य रहेको बुझिन्छ।

तर, यदि कम देखिएमा त्यो व्यक्ति रोगी रहेको बुझिन्छ। यस्ता व्यक्ति शारीरिक रुपले कमजोर हुने र उसको पाचन शक्ति पनि कमजोर हुन्छ । यो निशान जति धेरै सेतो, चम्किलो देखिन्छ उति नै व्यक्ति पनि शारीरिक एवं मानसिक रुपले तन्दुरुस्त मानिन्छ। तर, हल्का मात्रै सेतो देखिएमा वा पहेलो देखिएमा व्यक्ति भित्र विषाक्त पदार्थ बढेको संकेत गर्छ।

More News last news
Loading...