आज निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज मिति २०७६ जेठ १७, शुक्रबार। इस २०१९ मे ३१, शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने।सं। ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। द्वादशी, १६ः०५ उप्रान्त त्रयोदशी।

मेष
समस्याको समाधान पत्ता लाग्नेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । पढाई प्रति ध्यान कम जानेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । सहयोग सहानुभुति मिल्नेछ । भोज भतेर एवं सभा सम्मेलनमा भाग लिने निम्तो आउन सक्छ।

Advertisement

वृष
मन भ्रान्ति हुनसक्छ । शारीरिक शिथिलता बढ्नेछ । उपलब्धिका काममा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । संचित धन नास हुनसक्छ । व्यर्थको घुमाई बढि हुनेछ । व्यापारमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ ।

मिथुन
सामान्यतया दिन अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला। प्रयत्न गरेमा उधारो रकम उठ्नेछ । सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पारेर फाइदा लिन खोज्दै छन् सतर्क रहनुहोला।

कर्कट
सहज स्थितिबाट सहज स्थितिमा प्रवेश हुनेछ। रोकिएका कामले गति लिनेछ। व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन्। नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ। गुमेको विश्वास पलाउनेछ। कार्य क्षमतामा वृद्धि हुनेछ। सहयोगी हात भेटिने छन्। सामाजिक दायित्व बढ्नेछ।

सिंह
समयले पूर्ण साथ दिने छैन । तर स्वास्थ्यमा सुधार एवं तनावमा थोरै कमि आउनेछ । आन्तरिक भन्दा बाह्य र फाईदाका भन्दा घाटाका काम बढि हुनेछन् । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ।

कन्या
दिन प्रतिकुल बढि देखिन्छ। आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण खलबलिनेछ। दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ। मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ।

तुला
दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुनेछन् ।

वृश्चिक
संघर्षको बाटो तय गर्नु होला सहज रुपमा केहि काम हुने छैनन । कार्य क्षेत्रमा शत्रुहरुको आगमन हुनसक्छ सुरक्षित हुनुहोला । अरुको भर विश्वासमा काम गर्नु भयो भने प्राप्त उपलब्धि पनि गुक्नेछन । व्यापारमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा बढि तनाव हुनसक्छ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला ।

धनु
दुविधा बढ्न सक्छ । समयमा निर्णय लिन सकिएन भने उपलब्धि गुम्न सक्छ । लेनदेन कारोवारमा समस्या आउन सक्छ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ ।

मकर
शारीरिक एवं मानसिक थाकान बढि हुनेछ । आवेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनसक्छ । आफ्नो धन खर्च गरेर अरुलाई सहयोग गर्नुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन ।

कुम्भ
उद्योग,पराक्रम बढ्नेछ । थोरै प्रयत्न गर्नु भएको खण्डमा नयाँ काम हात पार्न सकिनेछ । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला।

मिन
कुटनैतिक विधि अप्नाएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ। आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ। वोलीको प्रभाव थोरै पर्नेछ। प्रयास र प्रयत्नहरु सफल हुनेछन्। परिश्रम अनुसारको प्रतिफल मिल्नेछ। व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ। पढाई लेखाईमा त्यति ध्यान जाने छैन। साझेदारले दुःख दिन सक्छन्।

More News last news
Loading...