काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ।
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६,७७को बजेट पेस गर्दै सरकारी कर्मचारीको तलब विभिन्न पदमा फरक-फरक अनुपातमा वृद्धि गरेको बताएका हुन्।
उनका अनुसार साउन १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २० र राजपत्र अंकित श्रेणीका कर्मचारीका लागि १८ प्रतिशत बृद्धि गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
