अन्ततः सांसद्ले पाउने भए ६ करोड पैसा

काठमाडौं । अन्ततः सरकारले सांसद्लाई ६ करोडका दरले पैसा बाँडेको छ। विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै सरकारले रकम विनियोजन गरेको हो।

सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाकाबीच अर्थमन्त्री डा युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन्।

Advertisement

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६,७७को बजेट पेस गर्दै सांसदलाई ६ करोडको रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए। सांसदलाई पैसा बाड्ने काम संविधानको मूलमर्म विपरीत भएको र यसले विकासमा खासै फरक नपर्ने भन्दै ४ करोड रुपैयाँ नै हटाउनु पर्ने विज्ञहरुको धारणा थियो।

More News last news
Loading...