डेब्यू फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन्। शनिबार मेहेन्दी लगाएको फोटो सार्वजनिक गर्दै बिनिताले आफूहरु २७ मे, सोमबार विवाह गर्न लागेको जानकारी दिएकी हुन्।
फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन्। उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन्।
पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
