उपराष्ट्रपति पुन यूएनको विशेष समारोहमा सहभागी

भियना । अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी भएका हुन्।

भियना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो। सो केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटे«सले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ् भएर लागेको बताए।

Advertisement

उनले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताए।

More News last news
Loading...