लागुऔषध कारोबारीको डरलाग्दो कर्तुत: कोकेनका २४६ प्याकेट निलेपछि विमानमै मृत्यु

लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।

तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो। अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका ती यात्रीको ज्यान गएको हो।

Advertisement

पोस्टमार्टम
कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरु गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्य अनुसार साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकेनका प्याकेटहरू ती व्यक्तिको पेटमा रहेको पोस्टमार्टबाट देखिएको थियो।

एरमोसिल्यो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्रीले गन्तव्यसम्मको यात्रा गर्न पाएका थिए।

मेक्सिकोका सङ्घीय अधिकारीहरूले घटना बारेको अनुसन्धानलाई अगाडि बढाउनेछन्।बीबीसीको सहयोगमा

More News last news
Loading...