संसदमा मुठभेड गर्ने कांग्रेस प्रमुख सचेतक खाँणको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन्।

कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए।

Advertisement

कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य हुने बताए।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले कांग्रेसले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध जागरण अभियान सञ्चालन गरेको भन्दै सडक र सदनबाट खवरदारी गर्ने बताए। कार्यक्रममा विभिन्न कलाकारहरुले चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए।

More News last news
Loading...