सुरत कम्पलेक्समा भिषण आगलागी, मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । भारतको सुरतस्थित एक विशाल भवनमा भिषण आगलागी हुँदा मृत्यु हुनेको संख्या २१ पुगेको छ।
२० जनाको जलेर मृत्यु भएको हो भने १ जनाको भवनबाट हाम फालेर भाग्न खोज्दा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत शहरको तक्षशिला कम्प्लेक्समा शुक्रबार बेलुकी भिषण आगलागी भएको हो।

Advertisement

भवनको दोस्रो तल्लामा विद्युत सर्किटका कारण आगो लागेको बताइएको छ। आगो लागेपछि भवनको चौथो तलमा रहेका मानिसहरुलेसमेत हाम्फालेको बताइएको छ। आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

More News last news
Loading...