भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदी भारी मतले विजयी

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन्।

पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ। राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन।

Advertisement

तर एक जना प्रवक्ता जयवीर सेरगिलले निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन्। “हामीले यस्तो हारको अपेक्षा गरेका थिएनौँ,” उनले भने. “हामी चुनावी वाचाहरू राम्रोसँग सञ्चार गर्न सकेनौँ।”

“जनमत संग्रह”
छ हप्ता लामो निर्वाचन प्रकृयामा छ करोडभन्दा बढी मतदाताहरू सहभागी भएका थिए।

यो आम निर्वाचनलाई प्रधानमन्त्री मोदीको हिन्दू राष्ट्रवादी भाजपाका लागि जनमत संग्रहका रूपमा पनि हेरिएको थियो।

मोदीले मतदानपछिको प्रारम्भिक मत सर्वेक्षण एक्जिट पोलका अनुमानहरूभन्दा पनि बढी मत हासिल गर्ने जस्तो देखिन्छ। र घोषणा भएका आंशिक नतिजाहरूको आधारमा हेर्दा उनको पार्टिले सन् २०१४मा प्राप्त गरेका भन्दा बढी मत हासिल गर्ने देखिन्छ।

मतगणना तथ्यांक के भन्छ?

आंशिक र घोषित मतगणना परिणामका अनुसार प्रधानमन्त्री मोदीको भाजपाले ३०० स्थान जित्ने अनुमान गरिएको छ।

राहुल गान्धी नेतृत्वको विपक्षी गठबन्धनले १०० भन्दा कम स्थान हासिल गर्ने अनुमान छ।

भारतको संसदको तल्लो सदन, ५४३ सदस्यीय लोकसभामा, बहुमत हासिल गर्न कुनै पनि पार्टि वा गठबन्धनले कम्तीमा २७२ स्थान जित्नु पर्दछ।

सन् २०१४ मा, भाजपाले २८२ स्थान जितेको थियो। जुन त्यसअघिको ३० वर्षमा कुनै पनि राजनितिक पार्टिले हासिल गरेको सबैभन्दा ठूलो जित थियो। आफ्ना साझेदारहरू सहित भाजपा गठबन्धनको संसदमा ३३६ स्थान थियो।

४४ स्थान मात्र जितेको कंग्रेसले सन् २०१४मा सबैभन्दा खराब हार बेहोरेको थियो। संसदमा उक्त पार्टिको गठबन्धनको ६० स्थानमात्र थियो। बीबीसी

More News last news
Loading...