पोर्ट ब्लेयर । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो। मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो।
निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो। अन्दमान र निकोबार द्वीप भूकम्पीय जोखिममा रहेका क्षेत्रहरु हुन्। गत अप्रिल १ का दिन यस क्षेत्रमा साना तथा मझौला किसिमका २० वटा भूकम्प गएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
