काठमाडौं । चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए। सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन्।
विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
