शुभ अशुभ कस्तो छ आज तपाईको दिन, हेर्नुहोस् मंगलबारको राशिफल

मेष
लगनशिल भई काम गर्नु होला । बाह्य कुरामा कम ध्यान दिनु होला । कपटीहरुको फेला पर्न सकिन्छ सतर्क भएर काम गर्नु होला । काम गरेर जश कम मिल्नेछ । लाभदायक यात्राको सम्भावना देखिन्छ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । आशाका अङ्कुर पलाउनेछ । पढाईमा ध्यान कम जानेछ ।

वृष
समयले साथ कम दिनछ । काम गर्दा दुःख कष्ट हैरानी बढि हुनेछ । विचार पु¥याउन सकिएन भने कर्म क्षेत्रबाट रित्तो हात फर्कनु पर्ला। पारिवारिक समस्या बढ्न सक्छन्। व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास र भरोसामा काम गर्न सकिने छैन । कपटीका हातमा धन पर्न सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ।

Advertisement

मिथुन
ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । कुरामा विश्वास नगर्नु होला काममा ध्यान दिनुहोला । कर्म अनुसारको फल मिल्नेछ । सतर्क रहनु होला,देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ । यात्राको सम्भावना देखिन्छ।

कर्कट
स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । तनावले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । ऋण लगानीमा नगर्नु होला पछि उठाउन गाह्रो हुनेछ । काममा प्रतिश्पर्धा गर्नु पर्नेछ । विरोधीको सक्रियता बढ्नेछ। काम गर्दा गोपनियता अप्नाउनु होला।

सिंह
भ्रम छलकपट बढि हुनेहुदा सोचेर विचार गरेर अगाडि बढ्नु होला। विना तयारी विना अध्ययनको कामले घाटा हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ। आफन्तको सहयोग अल्प मिल्नेछ । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । आय व्यय बरावरै हुनेछ।

कन्या
कार्य क्षमतामा ह्रास आउन सक्छ। घरका समस्याले बढि सताउने छ । अनावस्यक खर्च बढ्नेछ । विवाद रहित काम गर्न सकिने छैन। आफुमा भएको उर्जाको सहि सदुपयोग गर्न सके पछुताउनु पर्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ। मनमा शान्ति मिल्ने छैन।

तुला
समयले साथ दिनेछ। काम गर्ने जोश जागर बढ्नेछ। उच्च व्यक्तित्वको सुझाव सल्लाहमा काम गर्दा राम्रै हुनेछ । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् र अर्थोपाजन पनि हुनेछ। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला। भ्रमलाई चिरेर काम गर्नु होला।

वृश्चिक
दिन सामान्य देखिन्छ । आर्थिक लगानीमा जोड नदिनु होला । धन दिएमा फिर्ता नहुन सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ। अरुको पूर्ण भरोसा नगर्नु होला। मान्य जनको सुझाव सहयोग र आशिर्वाद लिएर काम गर्नु होला । महत्वकाँक्षी योजना अगाडि बढाउदा विचार पु¥याउनु होला।

धनु
समस्या कम भएर जानेछन्। काममा विस्तारै प्रगति हुनेछ । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ। अरुको भर नपर्नु होला। वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन्। भोज भतेरको निम्तो आउन सक्छ। स्पष्ट बोल्दा आफैलाई घाटा हुनसक्छ। कार्य गोपनियता अप्नाएर काम गर्नु होला। आर्थिक कारोवारमा सुधार आउनेछ।

मकर
समय प्रतिकुल देखिन्छ। जोखिम मोलेर कुनै काम नगर्नु होला । दूर्जनले दुःख दिनेछन्। पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ। व्यापार व्यवसायमा अवनति हुनेछ। अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ। फजुल खर्च बढ्नेछ। झुट्टा आरोप लाग्न सक्छ।

कुम्भ
समयको सदुपयोग गर्नु होला उपलब्धि राम्रै हात लाग्नेछ। हिजो विरोध गर्ने आज मित्र बनेर आउने छन्। आफन्तका कारण लाभान्वित हुनुहुनेछ। आम्दानीका नयाँ क्षेत्रको पहिचान हुनेछ। व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । घरमा मांगलिक काम हुनेछन्। मित्रहरु बढ्ने छन्।

मिन
समस्याहरु घट्ने छन् । सुख शान्तिमा वृद्धि हुनेछ। सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन्। कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला । सामाजिक उत्तरदायित्व बढ्नेछ। सहयोगी हात भेटिने छन् । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ। परिवारबाट सहयोग पाईनेछ। इज्जत प्रतिष्ठा बढ्नेछ।

More News last news
Loading...