२८ सय रुपैयाँमा किनेको कचौराले चम्कियो यी व्यक्तिको भाग्य

काठमाडौं । निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ। सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड (२८ सय रुपैयाँ) मा एउटा कचौरा किनेका थिए।

त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड (५७ लाखभन्दा बढी रुपैयाँ) मा पाए। चार इन्चको यो अद्भुत कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा थियो।

Advertisement

यो एक पर्यकटले चीनको एन्टिक शपमा २० पाउन्डमा किनेका थिए र त्यसलाई सोर्डर्स फाइन आर्ट अक्सनीयर्सले लिलामीमा राख्यो। कचौराको न्यूनतम बोली आठ हजार पाउन्ड राखिएको थियो तर पाँच गुणा बढी मूल्यमा बिक्यो। एजेन्सी

More News last news
Loading...