काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड आक्रमण, आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । हिजो साँझ काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भएको छ।

आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुरस्थित् फेक्ट अस्पतालमा सारिएको छ।

Advertisement

उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो। २२ वर्षीय ती युवतीमाथि निर्मतापूर्वक एसिड प्रहार भएको थियो । प्रहरीका अनुसार युवतीमाथ एसिड प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले ३ घण्टापछि पक्राउ गरेको थियो।  आक्रमणकारीको खोजीमा जुटेको प्रहरीले आक्रमणकारीलाई काँडाघारीबाट नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आक्रमणकारी उनका श्रीमान ३८ वर्षीय विष्णु भुजेल रहेका छन्। युवती भुजेलकी कान्छी श्रीमती हुन्।

More News last news
Loading...