अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहद्वारा आगजनी

गोबिन्द भण्डारी
अछाम । अछामको मंगलसेन नगरपालिकाको गाडीमा मंगलबार राति अज्ञात समुहले आगजनी गरेको छ।

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राति २ बजेरतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए।

Advertisement

नगरपालिका कार्यालयमै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो। डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउँँदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसक्यो बताएका छन्।

मंगलसेन बजारका स्थानीयले गाडिमा आगजनि भएको जानकारी प्रहरीले गराएपछि आफु स्वंयमा स्थलमा पुगेपछि गाडिमा लागेको आगो नियन्त्रणमा लिएको बताए। रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत डिएसपी शाहीले जानकारी दिए।

More News last news
Loading...