काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (२०७५/०७६) भित्रै १ लाखभन्दा बढीलाई रोजगारी दिने भएको छ।
विभिन्न स्थानीय तहलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार आह्वान गरेको छ।
सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने बताएको थियो। बजेटको व्यवस्था कार्यान्वयनका लागि सरकारले यही आर्थिक वर्षभित्र १ लाख ६ हजार जनालाई ३० दिन बराबरको रोजगारी दिन लागेको हो।
कुन स्थानीय तहमा कतिले रोजगारी पाउँदैछन् हेर्नुहोस् ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
