कतिपय मानिसलाई निकै धेरै ठट्टा गर्नुपर्दछ। ठट्टै ठट्टामा समय कटाउन मन पराउँछन् उनीहरु। तर यो दुनियाँमा एउटा यस्तो सहर छ, जहाँ तपाइँले ठट्टा गर्नुभयो भने तपाइँले जरिवाना तिर्नु पर्दछ।
फिलिपिन्सको बिनालोनान सहरमा ठट्टा गर्ने मानिसलाई जरिवाना मात्र होइन सडक सफा र फोहोर उठाउने सजाय पनि दिइन्छ।
सहरमा अफवाह फैलिनबाट रोक्नका लागि यस्तो नियम सुरु गरिएको छ । सहरका मेयर रेमन गइकोले उक्त कानून यही मे महिनादेखि लागू गरेका हुन्।
फिलिपिन्सबाट २ सय किलोमिटर टाढा पर्ने उक्त सहरमा अनावश्यक गफ तथा कुराहरु गर्नुलाई गैरकानूनी ठहर गरिएको छ । सहरमा ठट्टा तथा अफवाहका कारण आपराधिक घटनामा वृद्धि भएको दाबी स्थानीय सरकारको छ।
लागू भएको नयाँ कानून अनुसार अनावश्यक ठट्टा गर्नेलाई पहिलोपटक झण्डै ४ सय २० रुपैयाँ बराबरको जरिवाना गरिनेछ त्यसका साथै ३ घण्टासम्म सडक सफा गर्ने तथा फोहोर उठाउनु पर्नेछ। दोश्रोपटक पनि अफवाह फैलाउने काम गरेमा जरिवाना तथा अरु सजायँ पनि बढ्नेछ । दोश्रोपटक ठट्टा गर्नेलाई झण्डै २१ सय रुपैयाँ बराबरको जरिवाना तथा ८ घण्टासम्म सडक सफा गर्ने सजायँ हुनेछ।
स्मरण रहोस् बिनालोनानको छिमेकी सहर मोरेनमा पनि सन् २०१७ मा यस्तै नियम लागू गरिएको थियो । त्यहाँ ठट्टा गर्नेमाथि झनै चर्को जरिवानाको व्यवस्था छ। पछिल्लोपटक लागू गरिएको नियम अनुसार दिनभर ठट्टा गर्न नपाइएपनि रातको दश बजेपछि भने ठट्टा गर्न पाइन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
