दैलेखमा ५.१ रिक्टर स्केलको भूकम्प

दैलेख । दैलेख केन्द्रविन्दु भएर गएराति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ।

जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

Advertisement

भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ। भूकम्प गए पनि यसले पुर्‍याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

२०७२ वैशाख १२ गते गएको भूकम्पपछि अझै पराकम्प जानेक्रम रोकिएको छैन्।

More News last news
Loading...