काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दक्षिण पूर्वी एसियाली (आसियान) का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जाँदै छन्। परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले प्रधानमन्त्रीको यो भ्रमण आरम्भ भएको हो।
प्रधानमन्त्री ओलीले ‘सार्वभौमिक समानता’ का आधारमा छिमेकी राष्ट्र, अमेरिकालगायतका शक्ति र अन्य राष्ट्रसँग सम्वन्ध कायम गर्ने नीति लिएका छन्। त्यस अनुसार नै छिमेकी राष्ट्र भारत र चीनको राजकीय भ्रमण गरिसकेका छन् भने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रभावकारी उपस्थिति देखाएका छन्।
त्यस्तै, स्विजरल्यान्डको डावोसमा भएको बिश्व आर्थिक मञ्चको बैठकमा सहभागिता जनाउने पहिलो नेपाली प्रधानमन्त्री उनी भने। कम्युनिष्ट प्रधानमन्त्री ओलीले पुँजीवादी राष्ट्रको मञ्च मानिने डावोसमा निम्ता पाउनु र नेपालको लोकतान्त्रिक विकासबारे विश्व जानकारी गराउनु उनीप्रतिको पहिचान नै थियो।
सम्वन्धका दृष्टिकोणले खुम्चिएको तर तीव्र आर्थिक विकास गरिरहेका आसियान राष्ट्रहरूसँग द्विपक्षीय सम्वन्ध प्रभावकारी रूपमा अगाडि बढाउनका लागि यी दुई राष्ट्रको भ्रमण तय भएको हो। संयोगले दुबै राष्ट्र अर्थतन्त्रका दृष्टिकोणमा समाजवादी अर्थतन्त्र भएका मुलुक हुन भने राजनीतिक नेतृत्व कम्युनिस्ट पार्टीको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
