बाबुको विभत्स हत्या भएपछि न्याय माग्दै छोरी काठमाडौँमा, रुँदै खोलिन रहस्य

काठमाडौ । बुबाको मृत्यु भएको ६५ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले न्याय दिन नसकेपछि मृतकका छोरी संगीता आचार्य यतिबेला काठमाडौँ आएकी छिन।

प्रहरीले सन् २०७५ साल फाल्गुन १८ गते शनिबार राति १० बजे विरेन्द्रनगर बजारमा रहस्यमय तरिकाले हत्या गरि फालिएको अवस्थामा सुर्खेतका ४५ बर्षीय चन्द्र प्रसाद आचार्यको शव नेपाल प्रहरीले फेला परेको थियो।

Advertisement

घटना घटेको ६५ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले केही निर्क्योल निकाल्न नसकेको परिवारको गुनासो रहेको छ। पोस्टमार्टम रिपोर्टमा मृतकको छातीको करङ्ग ७ वटा भाँचेर मुटु फुटेपछि मृत्यु भएको र मृतकको गर्धन, हात एउटा भाँचिएको देखिएको छ। प्रदेश न २ को राजधानी विरेन्द्रनगरमा यसरी हत्या हुँदा पनि प्रहरीको अनुसन्धान फितलो हुँदा अपराधी फरार हुन् सक्ने मृतक छोरी संगीता आचार्यको भनाइ रहेको छ।

मृतक नेकपा निकट थिए। राजनीति पार्टीका केही नेताहरुले आश्वसन मात्र दिन आउने तर अहिले सम्म न्याय नपाएको मृतकको परिवारको गुनासो छ।

More News last news
Loading...