मोदीलाई मार्ने तेजबहादुरको धम्कीसहितको भिडियो भाइरल

काठमाडौं । बनारसबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मनोनयन दर्ता गर्ने पूर्व बीएसएफ जवान तेजबहादुर यादवको एउटा भिडियो अहिले भाइरल भइरहेको छ।

भिडियोमा तेजले कसैको प्रश्नका्े जवाफ दिँदै आफूलाई ५० करोड भारु दिइएमा मोदीलाई मारिदिने भनेका छन्। भिडियोका विषयमा सफाइ दिँदै तेजले आफू त्यतिखेर नशामा भएको र यो भिडियो अहिले आएर आफूलाई ब्ल्याकमेल गर्नका लागि प्रयोग गरिएको बताए।

Advertisement

भिडियोमा एक व्यक्ति सोध्छन्, ‘तपाईं मोदीलाई मार्न सक्नुहुन्छ ?’ जवाफमा तेज भन्छन्, ‘तपाईं मलाई ५० करोड भारु दिनुस्, म मोदीलाई मारिदिन्छु।’

यसपछि कसैले भन्छ, ‘हिन्दुस्तानमा त कसैले पनि यति पैसा दिँदैन, पाकिस्तानले बरू देला।’ जवाफमा उनले देशविरुद्ध गद्दारी गर्न नसक्ने बताए। तेजले यो भिडियो सन् २०१७ को मे महिनातिर खिचिएको बताए। त्यतिखेर चुनाव लड्ने विचार आफूमा नआएको तेजको भनाइ छ।

सेनाबाट बखांस्त भएपछि दिल्लीमा प्रदर्शन गर्दा धेरै मानिसले आफूलाई भेटेको उनले बताए। भिडियो बनाउनेहरूका बारेमा आफूलाई थाहा नभएको र अहिले भाजपाले आफूलाई रोक्नका लागि अनेकथरी उपाय रचेको उनले बताए। भाजपा प्रवक्ता जीभीएल नरसिंहा रावले प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीको यस्तो हिंसक योजना सुनेर आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिए। समाजवादी पार्टीले बनारसमा मोदीविरुद्ध लड्का लागि तेजबहादुरलाई टकट दिएको भए पनि उनको मनोनयन रद्द भयो।

More News last news
Loading...