डिभी चिट्ठा नतिजा सार्वजनिक हुँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ।

सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो। डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन्।

Advertisement

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ। अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् । नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ। डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ।

More News last news
Loading...