अमेरिकाको फ्लोरिडामा १ सय ३६ यात्रु बोकेको बोइङ ७३७ विमान रनवेबाट चिप्लिएर सेन्ट जोन नदीमा खसेको छ। नवल एयरफोर्सका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । यद्यपि, दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ।
स्थानीय समयअनुसार शुक्रबार राति ९.४० बजे विमान रनवेबाट चिप्लिएर नदीमा खसेको हो। ज्याक्सनविलेका मेयरले ट्वीटमा भनेका छन् कि विमानमा सवार सबै यात्रु सुरक्षित छन्।
दुर्घटनाग्रस्त विमानमा मियामी एयर इन्टरनेसनलको लोगो रहेको बताइएको छ । मियामी एयर इन्टरनेसनल एक चार्टर एयरलाइन सेवा हो, जोसँग बोइङ ७३७–८०० को पूरा फ्लीट छ। यद्यपि, अहिलेसम्म यस घटनामा कम्पनीको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । बोइङका प्रवक्ताले भने कम्पनीलाई घटनाको जानकारी आएको र यसबारे बुझ्ने काम भइरहेको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
