राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको झल्को, सरकार जनताको की राष्ट्रपतिको : प्रदिप पौडेल

काठमाडौँ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सम्बोधनका क्रममा राष्ट्रपतिले नेपाल सरकारलाई मेरो सरकार भनी उच्चारण गरेपछि त्यसको चौतर्फी विरोध भएको छ। यतिबेला सामाजिक सञ्जालभर त्यही विषयको चर्चा छ।

काँग्रेसका युवा नेता प्रदीप पौडेलले पनि ट्वीट मार्फत राष्ट्रपतिले भाषमा उच्चारण गरेको मेरो सरकारले राजाको झल्को दिएको भन्दै विरोध आपत्ति जनाएका छन्। उनले सरकार नेपाल र नेपालीको नभइ राष्ट्रपतिको हुन चाहेको बताएका छन्।

Advertisement

पौडेलले ट्वीटमा लेखेका छन्, गणतन्त्र नेपालमा बिगत जस्तै राजाको झल्को आउँने गरि राष्ट्रपतिको सम्बोधन सुनियो निति तथा कार्यक्रम सरकारले तयार पारेर राष्ट्रपतिलाई पढ्न दिने हो। सरकार नेपाल र नेपालीको होइन राष्ट्रपतिको हुन चाहन्छ तर आरोप लगाउँछन् कांग्रेसले राजा फर्काउन खोज्यो भनेर !!!

More News last news
Loading...