काठमाडौं । ख्याति प्राप्त वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले आफू अब राजनीतिमा आउने घोषणा गरेका छन्। बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डित पोखरेलले यस्तो सनसनीपुर्ण खुलासा गरेका हुन् ।
उनले आजसम्म आफूले देश तथा विदेशमा गरी ६ सय वटा जति महायज्ञ सम्पन्न गरिकसकेको जानकारी दिए । उक्त महायज्ञको आयोजना गरेर आफूले धेरै कुरा पाएको पनि उनले सुनाए । पोखरेलले भने,”मैले सामाजिक वैभव पाएँ होला। यहाँजस्तो व्यक्तित्वसँग साक्षात्कार हुने अवसर पाएँ ।” त्यस्तै उनले आफूले समाजप्रति चिनिन पनि अवसर पाएको स्पष्ट पारे।
आफ्ना स्वर्गीय बुवा वाचन शिरोमणि नारायण प्रसाद पोखरेलले अनुष्ठानको माध्यमबाट समृद्धिको लागि धेरै काम गरेको उनको दाबी छ । आफूले अहिले बुवाकै पथको अनुशरण गरेको उनको भनाई छ। आफूहरुबाट दान गराउनको लागि कुनै दबाब सिर्जना नहुनेतर्फ पनि उनले स्पष्ट पारे । जनमानसलाई प्रवचनको माध्यमबाट दान दिउँदिउँजस्तो बनाउन सकिएको भएपनि दान नै गर्नको लागि दबाब भने सिर्जना नगरेको उनको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
