काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।
कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्।
यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।
हिजो प्रसारित एपिसोड ३७ मा महोतरीका लक्ष्मण राज तिमिल्सिना सहभागी भएका छन्। उनले को बन्छ करोडपतिबाट ३ लाख २० हजार रुपैयाँ जितेका छन्। शुरुवातमा राम्रो खेलिरहका उनी ६ लाख ४० हजारको प्रश्नको जवाफ मिलाउन नसक्दा बाहिरिएका हुन्।
हेर्नुहोस् भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
