काठमाडौं । अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्।
युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्। घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा १८ च १२५ नम्वरको कार अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ देउराली भन्ने स्थानमा ना ६ ख ४३४९ नम्वरको ट्रकसँग ठोक्किन पुगेको थियो। मुख्यमन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
