भेनेजुएला । भेनेजुएलाका अधिकारीहरूले भनेका छन् तिनीहरूले सानो स्तरको सैन्य विद्रोहको प्रयासलाई अन्त्य गर्ने प्रयास गरिरहेका छन्।
यसअघि विपक्षी नेता ख्वान ग्वाइदोले आफू राष्ट्रपति निकोलास मदुरोको शासनलाई समाप्त गर्ने “अन्तिम चरण” मा रहेको घोषणा गरेका थिए। सैनिक पोशाक लगाएका मानिसहरूसँग देखिएका ग्वाइदोले आफूलाई सेनाको समर्थन रहेको बताएका थिए।
ग्वाइदोले गत ज्यानुअरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए र बढी भन्दा बढी सैनिकहरूले उनलाई समर्थन गरेर राष्ट्रपति मदुरोले हत्याएको सत्ताको अन्त्य गर्न सघाउन आह्वान गरेका थिए।
ग्वाइदोसँगको मुठभेडमा सेनाले सामान्यतया राष्ट्रपति मदुरोलाई नै समर्थन गरिरहेको छ। दुवै पक्षका समर्थकहरू राजधानी कराकसका विभिन्न स्थानमा भेला भैरहेका छन्। ग्वाइदोका समर्थक र सैनिकहरूबीच झडपहरू भैरहेका छन्। प्रदर्शनकारीहरूले ढुँगा प्रहार गरिरहेका र तिनीहरूलाई अश्रु ग्यास र पानीको फोहराले धपाउने प्रयास भैरहेको देखिन्छ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रोनोले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेकोमा जोड दिएका थिए। उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको चेतावनी दिएका छन्।
अन्तिम चरणको प्रयत्न
भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति मदुरोको शासनकाल अन्त्य गराउन अन्तिम चरणको प्रयत्न गर्ने घोषणा गरेका छन्। उनले आफूलाई सेनाको समर्थन रहेको पनि दाबी गरेका छन्।
हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग देखिन्छन्। ग्वाइदोले राष्ट्रपति मदुरोको “अवैध” शासनको अन्त्यमा सघाउन सेनालाई आह्वान गरेका छन्।
अस्वीकार
सेनाले अहिलेसम्म मदुरोलाई समर्थन गरिरहेको छ र ग्वाइदोलाई समर्थन गर्न अस्वीकार गरेको छ।गत ज्यानुअरीमा ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
र, उनलाई संयुक्त राज्य अमेरिका तथा अधिकांश ल्याटिन अमेरिकीसहितका दर्जनौँ देशहरूको समर्थन प्राप्त छ। स्पेन सरकारकी एकजना प्रवक्ताले भेनेजुएलाको “रक्तपात” विरुद्ध चेतावनी दिएकी छन्। बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
