काठमाडौँ । काठमाडौँबाट धनगढी गएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि धनगढी विमानस्थलमा केही बेर रमिता नै भयो।
श्री एयरलाइन्सको नाइन एन एएमओ जहाजको ढोका नखुलेपछि यात्रुहरु आधा घण्टा विमान भित्रै थुनिन पुगेका छन् । घटना हो सोमबार दिउसोको।
काठमाडौँबाट उडेको सो विमान निर्धारित समयमा नै धनगढी पुगे पनि श्री एयरलाइन्सको नाइन एन एएमओ जहाजको ढोका नखुलेपछि यात्रुहरु अलमलमा मात्रै परेनन् केही बेर अत्तालिए पनि।
लामो समयसम्मको प्रयास विफल भएपछि अन्तत यात्रुहरुलाई पाइलट चढ्ने तथा ओर्लने ढाोकाबाट बाहिर निकाल्न एयरलायन्स बाध्य भयो।
ल्याण्ड हुने बितिकै ढोका खोल्ने प्रयास गरिएको थियो। तर आधा घण्टा प्रयास गर्दा पनि ढोका नखुलेपछि यात्रुहरुलाई पाइलट ढोकाबाट बहिर निकालिएपछि बल्ल प्राविधिकको टोली जहाज मर्मतका लागी पुगेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
