तलब नपाएका जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको पालघर जिल्लामा आत्महत्या गरेका हुन्।

Advertisement

उनी तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। विगत चार महिनादेखि उनको स्वास्थ्य बिग्रिएको थियो।

प्रहरीले जनाएअनुसार अस्पतालमा भर्ना भएका उनले यस वर्षको मार्च महिनादेखि तलब पाएका थिएनन्।

शुक्रवार उनलाई घर ल्याइएको थियो। त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ।

सेवामा फर्किनेमा आशावादी
उक्त विमानसेवा कम्पनी आर्थिक सङ्कटमा परेपछि उसका कर्मचारीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।

मृतकका छोरा पनि जेट एयरवेजमा काम गर्छन्। छोराले पनि तलब पाएका छैनन्।

जेट एयरवेजका कैयौँ कर्मचारीले आर्थिक सङ्कटका कारण तनावमा रहेको बताएका छन्। उक्त कम्पनीका सबै उडान अहिले बन्द छन्।

More News last news
Loading...