ग्रहफल मानिसको नक्षत्र अनुसार फरक फरक हुन्छ । १२ वटा राशिफल भित्र ३ करोड नेपाली अटाउँछन् । सबै कुरा सबैलाई नमिल्न सक्छ । तर यो वास्तु अनुसार निकालिएको राशि हो । यो साता बैशाख १४ देखि २१ गतेसम्मका लागि यी ६ राशिको भाग्य निकै राम्रो देखिएको छ। हेर्नुहोस् भाग्यवान ६ राशिको राशिफल ।
मिथुन
क्रमिक रूपमा अधुरा कार्य पूरा हुनेछन् । साथीभाइबाट भनेजस्तै सहयोग प्राप्त हुनेछ । अध्ययनका लागि वैदेशिक यात्राको योग नजिकिँदैछ । आफूलाई मन पराउनेको मन परिवर्तन हुँदा तनाव सिर्जना हुन सक्छ । कुनै पनि कुरामा जिद्दी नगर्दै फाइदा होला । अभिभावकहरूको योगदानले आफूलाई थप उचाइमा पुर्याउनेछ।
सिंह
स्वाभिमानपूर्वक कार्य सम्पन्न गर्न सकिनेछ । विपरीत लिंगीको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मन पर्ने व्यक्तिहरूसँगको भेटघाटले सातालाई उत्साहप्रद बनाउला । पारिवारिक जमघटमा रमाइलो गर्दा खर्चको मात्रा वृद्धि हुनेछ । हडडी तथा नशासम्बन्धी समस्याले पिरोल्न सक्छ।
कन्या
वाणी संयमित राख्न सके आफूलाई विशेष फाइदा मिल्नेछ । गृह सजावटसम्बन्धी सामग्री खरिद गर्न मन लोभिनेछ । परिवार तथा नजिकका नाताबाट मांगलिक कार्यको प्रस्ताव प्राप्त हुनसक्छ । अग्लो स्थानको यात्रा नगर्दै भलो हुनेछ । प्राविधिक विषयको अध्ययनमा थप सफलता हात पर्नेछ।
वृश्चिक
दोहोर्याएर गरिएको प्रयासबाटै आर्थिक हैसियत उचाइमा पुग्नेछ। साथीभाइ तथा परिवारजनसँग भ्रमणको मुहूर्त जुर्नेछ । स-साना कारणले स्वास्थ बाधा उत्पन्न हुनसक्छ, सूर्यको आराधना गर्न सके सहजता महसुस हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर मन खिन्न हुनसक्छ।
धनु
पूर्वयोजना सफल भै अपेक्षा गरेजस्तै परिणाम हात पर्दा साता सम्झनालायक हुनेछ । जुझारु तथा मार्ग प्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ । विपरितलिंगीको प्रस्तावमा आलटाल गर्दा आपसी दूरी बढ्न सक्छ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला।
मकर
नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी लाभ लिन सकिनेछ । सकारात्मक विचारले प्राविधिक क्षेत्रतर्फ डोर्याउने सम्भावना छ । अभिभावकहरूसँग विचार नमिल्दा केही मनमुटाव सिर्जना हुन सक्छ । सामाजिक क्षेत्रमा पहिचान स्थापित हुने सम्भावना टरेको छैन । साताको अन्त्यमा खराब नियतका व्यक्तिहरूले पिछा गर्न सक्छन्, सचेत रहनुहोला।
यो पनि हेर्नुहोस् १२ राशिको साप्ताहिक राशिफल
मेष
हालसालै थालिएका कार्यबाट फाइदै पुग्ने देखिन्छ । राज्यस्तरबाट कार्य सम्पन्न हुन केही समय कुर्नुपर्नेछ । विदेशी पाहुनाहरूसँगको उठबसमा मनोरञ्जन प्राप्त हुनेछ । मौसमअनुरूप खानपानमा ध्यान दिनुहोला । साताको अन्त्यमा आय आर्जनमा वृद्धि भए पनि खर्चको गति रोकिनेछैन।
वृष
पदोन्नतिसहित स्थान परिवर्तन हुन सक्छ । प्रतिस्पर्धीहरूलाई उछिन्न कडा मेहनतको आवश्यकता पर्नेछ । अहोरात्रको परिश्रमले महत्वपूर्ण जिम्मेवारी दिलाउने सम्भावना छ । अनाथ–अशक्तहरूलाई गरिएको सहयोगबाट प्रशंसा पाउला । उत्तरतर्फको यात्रामा सावधानी अपनाउनुहोला । पाचन प्रक्रियामा कमजोरी देखा पर्न सक्छ।
मिथुन
क्रमिक रूपमा अधुरा कार्य पूरा हुनेछन् । साथीभाइबाट भनेजस्तै सहयोग प्राप्त हुनेछ । अध्ययनका लागि वैदेशिक यात्राको योग नजिकिँदैछ । आफूलाई मन पराउनेको मन परिवर्तन हुँदा तनाव सिर्जना हुन सक्छ । कुनै पनि कुरामा जिद्दी नगर्दै फाइदा होला । अभिभावकहरूको योगदानले आफूलाई थप उचाइमा पुर्याउनेछ।
कर्कट
बाहिरी कुराको प्रभावले प्रेमी–प्रेमिका टाढिन सक्छन् । भावना बुझ्ने प्रयास गर्नुहोला । साताको मध्यमा आर्थिक पक्षमा सुधार आउनेछ । अचल सम्पक्ति खरिद–बित्री हुने सम्भावना छ । भित्रभित्रै डाहा गर्नेहरू परास्त हुनेछन् । सप्ताहन्तमा मनोरञ्जन तथा गीत–संगीततर्फ आकर्षित भइनेछ।
सिंह
स्वाभिमानपूर्वक कार्य सम्पन्न गर्न सकिनेछ । विपरीत लिंगीको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मन पर्ने व्यक्तिहरूसँगको भेटघाटले सातालाई उत्साहप्रद बनाउला । पारिवारिक जमघटमा रमाइलो गर्दा खर्चको मात्रा वृद्धि हुनेछ । हडडी तथा नशासम्बन्धी समस्याले पिरोल्न सक्छ।
कन्या
वाणी संयमित राख्न सके आफूलाई विशेष फाइदा मिल्नेछ । गृह सजावटसम्बन्धी सामग्री खरिद गर्न मन लोभिनेछ । परिवार तथा नजिकका नाताबाट मांगलिक कार्यको प्रस्ताव प्राप्त हुनसक्छ । अग्लो स्थानको यात्रा नगर्दै भलो हुनेछ । प्राविधिक विषयको अध्ययनमा थप सफलता हात पर्नेछ।
तुला
विपक्षीहरू प्रतिष्ठामा ठेस पुर्याउन लागिपरेका छन् । बोलीको मधुरताले नै उनीहरूलाई परास्त गर्न सकिनेछ । आफ्नै कमजोरीका कारण साथीभाइको कुरामा विश्वास गर्दै मन पराउनेहरू टाढिन सक्छन्, शंकालाई विश्वासमा परिवर्तन गर्नु जरुरी छ । रात्रिकालीन यात्रामा संयम अपनाउनुहोला।
वृश्चिक
दोहोर्याएर गरिएको प्रयासबाटै आर्थिक हैसियत उचाइमा पुग्नेछ । साथीभाइ तथा परिवारजनसँग भ्रमणको मुहूर्त जुर्नेछ । स–साना कारणले स्वास्थ बाधा उत्पन्न हुनसक्छ, सूर्यको आराधना गर्न सके सहजता महसुस हुनेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर मन खिन्न हुनसक्छ।
धनु
पूर्वयोजना सफल भै अपेक्षा गरेजस्तै परिणाम हात पर्दा साता सम्झनालायक हुनेछ । जुझारु तथा मार्ग प्रशस्त गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ । विपरितलिंगीको प्रस्तावमा आलटाल गर्दा आपसी दूरी बढ्न सक्छ । चिसो वातावरणमा मनोरञ्जन गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला।
मकर
नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढी लाभ लिन सकिनेछ । सकारात्मक विचारले प्राविधिक क्षेत्रतर्फ डोर्याउने सम्भावना छ । अभिभावकहरूसँग विचार नमिल्दा केही मनमुटाव सिर्जना हुन सक्छ । सामाजिक क्षेत्रमा पहिचान स्थापित हुने सम्भावना टरेको छैन । साताको अन्त्यमा खराब नियतका व्यक्तिहरूले पिछा गर्न सक्छन्, सचेत रहनुहोला।
कुम्भ
कुरा काट्नेहरू तपार्इंको जीवनशैली परिर्वतन भएको देखेर लोभिनेछन् । धातु तथा फलामजन्य क्षेत्रमा लगाानी गरी मुनाफा आर्जन गर्न सकिनेछ । मनभित्रका डर, भय, चिन्ता स्वतः उत्साहमा परिणत हुनेछन् । आफ्नै हेलचेक्र्याइँका कारण याक्राका त्रममा महत्वपूर्ण कागजात छुट्न सक्छन्, सावधान रहनुपर्नेछ।
मीन
सोच–विचार नगरी अरूलाई वचन दिँदा परिस्थिति प्रतिकूल हुन सक्छ । नयाँ कार्य क्षेत्र पहिचान गरी मुनाफा हात पार्दा साथीभाइहरू छक्क पर्नेछन् । कार्य व्यस्तता बढी हुने हुँदा स्वास्थमा विशेष ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा भोजभतेरमा सहभागी भइनेछ । सेयरसम्बन्धी कारोबारले फाइदा दिलाउनेछ।
रामप्रसाद सिटौला (फलित ज्योतिष)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)