यसकारण देखिन्छन् डरलाग्दो सपना

काठमाडौँ । राती कहिलेकाही डरलाग्दो सपना देखेर निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ । यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ । कतिपय अवस्थामा त ब्यूझिँदा शरीर पसिना पसिना भइरहेको हुन्छ ।

डरलाग्दा सपनासँग विभिन्न काल्पनिक कुराहरुलाई जोडेर यसको कारण बताइने गरिन्छ । तर वास्तवमा सुताईको अवस्थाका कारणले यस्तो सपना देख्ने गरिन्छ । एक अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।

Advertisement

सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्बन्धबारे गरिएको सो अध्ययनमा जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन् तिनीहरुलाई डरलाग्दो सपनाले सताउने तथ्य बाहिर आएको हो। हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा गरिएको सो अध्ययनमा दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुने देखिएको छ ।

अध्ययन अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइएको छ । दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४.६ प्रतिशतमा मात्रै पाइयो ।

त्यस्तै सो अध्ययनले घोप्टो परेर सुत्ने मानिसहरुमा यौनसँग सम्बन्धीत सपना आउने गरेको पाइएको छ । र उत्तानो परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना देख्ने गरेको पाइयो । तर हाम्रो समाजमा भने यसलाई ऐठन भन्ने गरिन्छ। एजेन्सी

More News last news
Loading...