एजेन्सी । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ।
उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ ।
भारतीय समाचार एजेन्सी एएनआइले ४२ सेकेन्डको भिडियो सेयर गरेको छ जसमा आगो निभाइरहेको देख्न सकिन्छ। एयर इन्डियाले यसलाई सामान्य दुर्घटना बताएको छ।
#WATCH Air India Delhi to San Francisco (Boeing 777) flight caught fire in Auxiliary Power Unit (APU) yesterday at Delhi airport. Fire started during AC repair. Air India terms it minor incident, plane was empty at the time of repair work, fire was doused immediately. pic.twitter.com/Og790FVABE
— ANI (@ANI) April 25, 2019
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
