सिके राउतले बुझाए सरकारलाई आफ्ना कार्यकर्ताको नामावली

काठमाडौं । सिके राउत नेतृत्व जनमत पार्टीले मुद्दा लागेका आफ्ना कार्यकर्ताहरुको नामावली गृहमन्त्रालयलाई बुझाएको छ।  सरकार र स्वतन्त्र मधेशबीच भएको सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले सो नामावली बुझाएका हुन्।

फाल्गुण २४ गते स्वतन्त्र मधेश गठबन्धन र  सरकार बीचको सम्झौता अनुसार सरकारद्वारा गठबन्धनका नेता कार्यकर्ताहरुमाथि लागेको राज्य विरुद्धको अपराध सहितका सबै मुद्दाहरु फिर्ता लिने सहमति भएको थियो। सोही अनुसार नामावली बुझाएको चन्दन सिंहले बताए। करिब चार सयजनाको नामावली बुझाएको उनले बताए।

Advertisement

राज्यद्रोह, राज्य विप्लव, निर्वाचन कसुर, बालबालिका दुरुपयोग, सार्वजनिक अवपराधको मुद्दा, हातहातियार खरखाजना, अभद्र व्यवहार, गाली गलौज, सार्वजनिक शान्ति विरुद्धको, झुठा अपवाह फैलाइएको लगायतका मुद्दा सिके राउतको कार्यकर्तामा माथि लागेको थियो। जेलमा रहेका सम्पूर्ण कार्यकर्ता रिहा भइसकेका छन्।

More News last news
Loading...