भारतको अरुणाञ्चल केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प

काठमाडौँ । भारतको अरुणाञ्चल केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ।

मध्यराती अरुणाञ्चल प्रदेशको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाइर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको यूएस जिओलोजिकल सर्वेले जनाएको छ। हिजो राति पौने २ बजे गएको उक्त भूकम्पको धक्का तिब्तसम्म परेको थियो।

Advertisement

आज बिहान नेपालमा पनि भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केल र त्यसको ११ मिनेटपछि ४ दशमल ३ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

More News last news
Loading...