पूर्व मन्त्री तथा कांग्रेस नेता ताम्राकारको निधन, जागरण अभियान सर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ। रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए।

अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भएपछि आईसीयुमा भर्ना गरिएको थियो । करिब दुई हप्ता अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

Advertisement

निमोनिया समेत भएका उनको स्थिती अझ गंभिर भएपछि भेन्टिलेटरमा राखिएको थियो। ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो। ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए।

ताम्राकारको निधन लगतै नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको आकस्मिक बैठक बस्ने भएको छ।

साझ ६:३० बजे केन्द्रीय कार्यलय सानेपामा बस्ने बैठकले ताम्राकारको निधनमा शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रमहरु ३ दिनसम्म स्थगीत गर्ने तयारी गरेको छ।

पार्टी कार्यलय स्रोत अनुसार ११ गतेबाट सुरु हुने कांग्रेसको राष्ट्रिय जागरण अभियान तीन दिन पछि सर्नेछ । संभवत १४ अथवा १५ गतेबाट जागरण अभियान सुरु हुने बताइएको छ।

पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुदा तीन दिन पार्टी कार्यलय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट सुरु हुने कार्यक्रम प्रभावित हुने भएको हो।

ताम्राकार बि.स. २०४८ र ५६ मा रुपन्देही-२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।

More News last news
Loading...